आम जनता पार्टी नेपालका सांसद प्रभु शाहले विकास योजनाको रकम भ्रष्ट कर्मचारीहरुले रकमान्तर गर्ने र लुट्ने प्रवृत्ति बढ्दै गएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ‘रेड बुक’मा पारेर पनि काम सम्पन्न नभएको योजनाहरु धेरै रहेको भन्दै उक्त संरचना सम्पन्न गर्न सरकारले ठोस निर्देशन दिनुपर्ने माग गरेका छन्।
खानेपानी मन्त्रालयले वर्ष दिनअघि मधेशमा चापाकल गाड्न लिएको ठेक्काको अवस्था सार्वजनिक गर्न पनि सरकारसँग माग गरे। उनले भने,‘रौतहटको बकाईया सिचाई योजना झण्डै पाँच वर्षदेखि निर्माणको ‘रेड बुक’मा पर्दै आएको छ। करोडौँ रुपैयाँ बिनियोजन हुन्छ । डिपिआर बनेको वर्षौँ भयो। मौलापुर ढलको अवस्था पनि उस्तै छ। खानेपानी मन्त्रालयले वर्ष दिन अघि मधेशमा चापाकल गाड्न करोडौँ रुपैयाँको ठेक्का लगाएको थियो। अहिले त्यसको अवस्था कस्तो छ? सरकारले जवाफ दिनु प-यो। रेड बुकमा पार्ने अनि भ्रष्ट कर्मचारीहरुले रकमान्तर गर्ने र लुट्ने प्रवृत्तिलाई रोक्न आवश्यक छ।’





























प्रतिक्रिया