संसदमा ओलीविरुद्ध खनिएका माधव नेपालले प्रस्तुत गरे अर्थतन्त्रका १३ बुँदे समस्या

संसदमा ओलीविरुद्ध खनिएका माधव नेपालले प्रस्तुत गरे अर्थतन्त्रका १३ बुँदे समस्या

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले, केही व्यक्तिहरु ठगेरै धनी बनेको टिप्पणी गरेका छन्। 

सदनमा नीति तथा कार्यक्रमबारे आफ्ना धारणा राख्दै सोमबार उनले अपराध गरेरै पनि धनी बन्ने प्रवृती घातक रहेको टिप्पणी गरे। उनले भने ‘केही व्यक्तिहरु धनि बन्दै जाने चाहे लुटेर होस् चाहे ठगेर होस्। अपराध गरेर होस् या कू-कर्म गरेर होस्। यस्ता सबै प्रवृत्तिलाई नियन्त्रण गर्नको लागि राज्यको सबै संरचना इमान्दार हुनुपर्छ।’

प्रधानमन्त्री बन्ने मान्छेमा पूर्व प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्छु भन्ने प्रतिस्पर्धा हुन सके राम्रो हुने टिप्पणी गरे। उनले भने ‘पूर्व प्रधानमन्त्रीहरुले पनि राम्रै काम गरेका थिए होला? एकपटक के राम्रो हुन्थ्यो भने प्रधानमन्त्रीहरुको विचमा नै प्रतिस्पर्धा गरे भने आफ्नो-आफ्नो कार्यकालमा कस्ले के गरे भनेर अनि सबैको मुल्यांकन यही संसदले गरे पनि हुन्छ। म त तयार छु। आफुले गरेको राम्रो कुरालाई पनि वास्ता गरिएन भने कति मनमा पिडा पर्दो रहेछ। म पनि प्रधानमन्त्री भइसकेको मान्छे मलाई पनि लाग्छ होला नी? 

ओलीप्रति लक्षित गर्दै उनले भने ‘हाम्रा पालमा कति हावादारि योजनाहरु आए। भनियो कि तिथि मिति तय गरेर टिकट काट्नुस ठयाक्क विजुलीको रेल चड्नु हुनेछ। यस्ता हावादारी कुराहरु ल्याउनु हुँदैन्। अनि घर-घरमा ग्यास खै ग्यास? अनि मलेसियाको टावर तर कहाँ आवश्य छ? धानको वाला हेर्ने की के हेर्ने टावर?  देशको अर्थतन्त्रमा रहेका समस्याहरुलाई १३ वटा बुँदामा प्रस्तुत गरेका अध्यक्ष नेपालले अराजकताकै कारण भ्रष्टाचार मौलाएको बताए।

उनले भने ‘यो दिनमा मन्त्री भइसकेका एक से एक छन्, प्रधानमन्त्री भइसकेका व्यक्तिहरु पनि छन्,वौद्धिक व्यक्तित्वहरु पनि छन्, सामाजिक अभियन्ताहरु पनि छन, यो सदनमा देशको हितको रक्षा गर्ने एक से एक योद्धाहरु पनि छन्। यी जम्मैको ज्ञान, बुद्धि र अनुभवलाई संगाल्ने हो भने के हामी यो देश बनाउन सक्दैनौँ? अवश्य बनाउन सकिन्छ।’ इमानदारिता र कर्तव्यनिष्ठा र मेहनत गर्ने प्रवृतिमा कमी आउनु पनि नेपाली अर्थतन्त्रमा देखा परेका समस्याहरुको कारण रहेको उनको भनाई छ। 

नेपालले देशको अर्थतन्त्र सामू रहेका समस्या भन्दै राखेका १३ बुँदा:
१. न्यून आर्थिक बृद्धि 
२. उच्च मुद्रा स्फीति 
३.मुल्य वृद्धि
४.जनशक्ति पलायन
५. न्यून लगानी 
६. न्यून पुजिँगत खर्च
७. तरलताको संकुचन
८. घट्दो राजश्व परिचालन
९. उच्च ब्याजदर
१०. बाह्य क्षेत्रको सन्तुलन चाप
११. भुक्तानी श्रृङखला टुट्नु
१२. जमिन बाँझो हुँदै जाने समस्या
१३. खाद्य संकटको नजिक

Skip This
Skip This
Logo