समृद्ध राष्ट्र बनाउनका लागि समाज समृद्ध हुन आवश्यक छ : सांसद परियार

समृद्ध राष्ट्र बनाउनका लागि समाज समृद्ध हुन आवश्यक छ : सांसद परियार

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले मुलुक समृद्ध बनाउन समाजमा भएका सबै वर्ग र समुदायको हकहित कार्यान्वयन आवश्यक रहेको बताएका छन्।   

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा नेता परियारले मानिसले बाँच्न पाउने कुरा सबैभन्दा ठूलो भएको उल्लेख गर्दै त्यसकालागि सबैले आर्थिक तथा सामाजिक क्रान्ति गरी मुलुकको समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए।

“सबैले मिलेर मुलुकको आर्थिक क्रान्ति गर्नेमा ध्यान दिनुपर्छ”, उनले भने,“स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षाजस्ता आधारभूत कुराको ग्यारेन्टी गर्नुपर्छ।” कृषिमा आश्रितको हातमा जमिन नभएको उल्लेख गर्दै सांसद परियारले त्यस विषयमा राज्यले ध्यान दिनुपर्ने र नेपाली नागरिकलाई ‘एक घर, एक धारा’को योजना बनाई स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने बताए।  
         
विदेश जानेलाई स्वदेशमै राजगारीको सिर्जना गर्ने र पोखरालाई पर्यटकीय राजधानीका रुपमा व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो। 

Skip This
Skip This
Logo