पन्च,राजादेखि उच्च पदस्त सबैको सम्पत्ति छानबिन गरौँः राजेन्द्र लिङ्देन

पन्च,राजादेखि उच्च पदस्त सबैको सम्पत्ति छानबिन गरौँः राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै अध्यक्ष लिङ्देनले पन्च, राजादेखि सबै उच्च पदस्त र उनका आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न आग्रह गरेका हुन् । 

भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानका लागि उच्च पदस्त सबै व्यक्ति र उनीहरुका आफन्तसहितकाे सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन्। 

‘नीति तथा कार्यक्रममा एउटा स्वतन्त्र नागरिक आयोग गठन गरेर ४८, ४६ जहिल्यैको मिति तोकिदिनुस्। मैले त भनेको छु, पन्चहरुको, राजाको, क-कसकोबाट र कोबाट सुरु गर्ने हो। तर, अब सबैको सम्पत्ति छानबिन गरिनेछ। उनका नातागोता, परिवारको सम्पत्ति छानबिन गरिनेछ र अवैधानिक सम्पत्ति जफत गरिनेछ र कारबाही गरिनेछ भनेर लेख्नुस् न अनि पो यो सरकार भ्रष्टाचारविरुद्ध निर्मम आयो भनेर विश्वास गर्ने,’ बैठकमा लिङ्देनले भने। 

Logo