राजनीतिक स्वार्थको लागि धर्मलाई हतियार बनाइयोः अध्यक्ष ओली

राजनीतिक स्वार्थको लागि धर्मलाई हतियार बनाइयोः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थको लागि धर्मलाई हतियारको रुपमा प्रयोग गरिएको टिप्पणी गरेका छन् । 

सोमवार काठमाडौंमा आयोजित नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा आयोजित इद मिलन तथा पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले धर्मका नाममा देश विनाश भइरहेको भन्दै राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने काम भएको बताएका हुन् । 

उनले भने, ‘धर्मका नाममा देश बिनास भईरहेका छन् । धर्मको नाममा मानिसहरु बाँचेका छन् मारिएका छन् । त्यसकारण नकारात्मक सोचमा जानुहुँदैन् । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ ,गरिएको छ ।  जनता मारेर देश सिध्याएर धर्मका नाममा राजनीति गरिएको छ ।’  

अध्यक्ष ओलीले एमाले मजबुद हुने भयो भन्ने डरले जथाभावी झुटो प्रचार हुने गरिएको आरोप लगाए । 

उनले भने ‘विरोधिहरु कराको कराई छन् । झुटो वेईमानीको खेति यति भयो कि एमाले त हल्लाउनै नसक्ने गरी मजबुद हुने भयो भन्ने डरले जथाभाबी लेख्ने बोल्ने प्रचार गर्ने काम भयो । हामी त्यस्तो नगरी छुटो आरोप लगाउने काम गर्नुहुँदैन । जनताविरुद्ध कसैले काम गर्छ भने चाहिँ हामी विरोध गर्छौं ।’

Skip This
Skip This
Logo