नेकपा एमालेका संसद ठाकुर प्रसाद गैरेले, सरकारले अरुकै निर्देशनमा नीति तथा कार्यक्रम तयार गरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले अरुकै खटन पटनमा नीति तथा कार्यक्रम तयार गरेर राष्ट्रपतिलाई वाचन गर्न लगाइएको भन्दै अर्को आलोचना गरे ।
उनले भने, ‘दलाल पुँजीवादको व्यवस्थापनमा र खटन पटनमा नीति तथा कार्यक्रम लेखिएछ । र सम्माननीय राष्ट्रपतिबाट प्रस्तुत गरिएको छ । यस्तो नहुँनुपथ्र्यो नगरिनु पथ्र्यो ।’
सरकारी पक्षले यसलाई जवर्जस्ती पास गर्न खोजेको आरोप लगाउँदै सांसद गैरेले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरे । ‘यसलाई फिर्ता लिनु पुनर्लेखन गर्नु र फेरी व्यवस्थित गरेर ल्याईयो भने, सत्ता पक्षको ईज्जत बढ्नेछ । त्यसलाई सच्याउनुस् हामी भोट हाल्छौं । तपाईहरु संख्याको बलमा जस्ताको त्यस्तै पास गर्न खोज्दै हुनुहुन्छ । त्यसको बहादुरी ठान्दै हुनुहुन्छ । यहाँ उभिएर प्रतिपक्षलाई गाली गर्दै आनन्द लिईरहनु भएको छ ।’ उनले भने ।





























प्रतिक्रिया