काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज बंगलादेशसँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

एनएससी-काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा आज बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

समूह ए मा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ। प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। बंगलादेश भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

आजै यस समूहमा भारत र कीर्गिस्तानबीच पनि खेल हुनेछ। भारत र कीर्गिस्तानबीचको खेल बिहान १० बजे सुरु हुनेछ । यस्तै समूह बी अन्तर्गत श्रीलंका र काजकस्तानबीचको खेल साढे १२ बजे तथा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साढे ६ बजे सुरु हुनेछ ।

Logo