आज मन्त्रीपरिषद् बैठक बस्दै

आज मन्त्रीपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक अपराह्न ४ बजे बस्न लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय संसदमा नीति तथा कार्यक्रम पेस गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसद्का दुवै सदनमा छलफल भइरहेको छ ।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुले उक्त नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा उक्त विषयमा पनि छलफल हुने बुझिएको छ । प्रेस सल्लाहकार आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)को वार्षिक साधारण सभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।

Logo