कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीबाट चण्डीगढ गएका छन्।
उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन्। यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्दा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ।
कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्विरहरु सार्वजनिक भएका हुन्। कर्नाटक निर्वाचनपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद भवनको उद्घाटनप्रति उनले आपत्ति जनाएका छन्।
उनले सो संसद भवनको उद्घाटन राष्ट्रपतिको हातबाट गर्नु पर्ने माग राख्दै आएका छन्। हालै सो संसद भवनको निमार्ण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मे मा सो नयाँ संसद भवनको उद्घाटन गर्ने जनाइएको छ। लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा माेदीले सो संसद भवन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकेका छन्।





























प्रतिक्रिया