सांसद झाको प्रश्नः भ्रष्टाचारको कुरा उठाउँदा जवाफ पाउन अनशन नै बस्नुपर्ने ? 

सांसद झाको प्रश्नः भ्रष्टाचारको कुरा उठाउँदा जवाफ पाउन अनशन नै बस्नुपर्ने ? 

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले जनकपुरस्थित जानकी मन्दिरको टायल, विजुलीबत्ती जडानमा भएको भ्रष्टाचारबारे कुरा उठाउँदा जवाफ नपाएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठको शून्य समयमा बोल्दै सांसद झाले भ्रष्टाचारको जवाफ पाउन अनसन नै बस्नुपर्ने हो भनेर प्रश्न समेत गरे । 

उनले भने, ‘मैले यो सदनमा ४ पटक जानकी मन्दिरको टायल, विजुलीबत्ती जडानमा भएको भ्रष्टाचारको प्रसंग उठाइसकें, जवाफ मागिसकें, तर सरकारले यसको जवाफ दिँदैन । सत्तापक्षकै सांसद अनसनमा बस्नुपर्ने बाध्यता छ। हामीलाई पनि त्यही भन्न खोजिएको हो, गएर अनसन बस, अनि जवाफ पाउँछौं, यति त्यसो हो भने हामी तयार छौं।’ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीहरुले आफूहरुलाई टेलिभिजन अन्तर्वार्तामार्फत् पखाल्न खोजेको आरोप पनि सांसद झाले लगाए । 

‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामीले अपेक्षा गरिरहेका केही निर्णयहरू छन्। केही सुनियोजित, केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरूले सबै प्रश्नहरूको जवाफ दिँदैनन्। त्यसैले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस् ।’ उनले भने । 

Logo