ला लिगा च्याम्यियन भइसकेकाे बार्सिलोनाको लगातार दोस्रो हार

ला लिगा च्याम्यियन भइसकेकाे बार्सिलोनाको लगातार दोस्रो हार

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगाको च्याम्पियन क्लब बार्सिलोनाले पुनः अर्को पराजय भोग्नु परेको छ । यस सिजनका ला लिगा च्याम्पियन भइसकेकाे बार्सिलोनाले  लगातार दोस्रो पराजय भाेगे पछि उसकाे उपाधी जित खल्लाे हुन पुगेकाे छ।

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित हुन पुगेको हो। यसअघि बार्सिलोना रियल सोसिडाडसँग २–१ ले पराजित ब्योहोर्नु परेको थियो। च्याम्पियन बिजेता घोषित भइसकेपछि वार्सिलोनको यो लगातार दोस्रो पराजय हो । 

मंगलबार राती भएको खेलको दोस्रो मिनेटमा नै आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोल गरे पछि बार्सिलोना सुरुमा नै पछि पर्न गयो। र, सो खेलको २२औँ मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गरे पछि भालाडोलिडले पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भयो।

दोस्रो हाफको ७३औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै घरेलु टोलीलाई भालाडोलिडलाई ३–० को फराकिलो अग्रता दिलाउन सफल भए तर ८४औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा फर्काउन त फर्काए तर बार्सिलोनाका लागि त्यो पर्याप्त हुन सकेनन्। अन्ततः दुवै पक्षबाट थप गोल हुन नसके पछि बार्सिलोना ३–१ ले पराजित हुन पुगेकाे छ । 

Skip This
Skip This
Logo