नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका इन्द्रजीत राईको बयान प्रहरिले सार्वजनिक गरेकाे छ।
यस्ताे छ उनकाे बयान:
-प्रतिवादी सानु भण्डारी कार्यालयमा १,२ दफा आउनु भाको थियो र उहाँहरुसँग १ पटक एउटा व्यक्ति केशवलाल पनि आउनु भएको थियो । निजहरुको विषय भुटानी शरणार्थी सम्बन्धमा म संग १ दुई दफा टेलिफोन द्वारा मलाई सोध्नुहुन्थ्यो । मैले वहाँहरुलाई यस विषयमा मेरो केही जानकारी छैन भनेर जवाफ दिएको थिएँ। सानु भण्डारी बाहेक अरु कसैलाई चिन्दिन्।
-गृह मन्त्रालयमा कार्यरत हुँदा दिनमा थुप्रो मान्छेहरुसँग विभिन्न विषयहरुमा कार्यालय सम्बन्धी त्यसमा निजले भुटानी शरणार्थीको बारेमा के हुदै छ भनी जानकारी लिन खोज्नु भएको थियो, मैले केही बाहिर नभएको यस विषय मैले केही सूचना नदिएको हो । तत्पश्चात निजानु भण्डारीसँग मेरो फोनमा तथा सामाजिक संजालमा कुराकानी भएको हुन सक्छ, कति पटक कुरा भयो भन्ने मलाई याद भएन तर भुटानी शरणार्थीको विषयमा केही कुराकानी भएको छैन।
-केशव प्रसाद दुलालसँग मेरो कुराकानी भएको छ छैन मलाई याद भएन म तत्कालिन गृहमन्त्री राम बहादुर थापा गृहमन्त्री भएको ३ महिना पछी लगभग २०७६ असार देखी कार्यरत रहेको र उक्त सरकार बहाल रहुन्जेल सम्म कार्यरत रहेको हुँ। सो अबस्थामा म विशिष्ट श्रेणीमा सुरक्षा सल्लाहकारको रुपमा कार्यरत रहेको हुदा सोही अनुसारको सेवा सुविधासमेत राज्यवाट पाएको थिए। मेरो ३ वर्ष ६ महिनाको कार्यकालमा विभिन्न समयमा भिन्न(भिन्न चालक पिए र कार्यालय सहयोगी पिएसओहरु मेरोमा कार्यरत रहे। निजहरूको सबैको नाम मलाई याद भएन धेरै समय काम गरेका व्यक्तिहरुमध्ये पि।एस।ओ।मा मगर थरका स.ई. थिए। ड्राईभरमा सहायक हवल्दार डोलराज पाण्डे लिए पि.ए.मा रोमा पाण्डे हुन्, अन्यको नाम श्वाहा भएन्। सम्पुर्ण आरोप सबै सत प्रतिसत असत्य हो। निजले भनेको आरोप सिद्ध प्रमाणित भएमा भागिदार हुने छु।
-यो समिति म कार्यरत रहेकै समयमा गठन भएको हो। तर समिति गठन भएको १ दिन पछी मैले यो समितिको बारेमा जानकारी प्राप्त गरेँ। सल्लाहाकारको रूपमा कार्यरत भएकाले मेरो हस्ताक्षर मन्त्रालयको कुनै पनि पत्रमा आधिकारीक नहुने कारणले मलाई यो जानकारी पछी मात्रै प्राप्त भयो। यो मन गढन्ते कुरा हो। होटलमा मेरो सानु भण्डारी संग कहिल्यै पनि भेट भएको छैन। मेरो जानकारी अनुसार पनि व्यक्ति शरणार्थीलाई लिएर प्रेम राईको कार्यकक्षमा कहिल्यै पनि नगएको हुँदा उता आरोप प्रेम राई तथा अन्य प्रतिक्षित व्यक्तिको नाम मुछेर उनलाई व्यर्थमा बदशम गर्ने कु लक्षित प्रयास हो। उस पर मेरी श्रीमती भुवनदेवी राईको नाममा मेघा बैंकबाट लिई खारिद गरेको हो। उक्त घर सुमिता के सी. बाट विगत २ वर्ष अगाडी तिर खरिद गरेको विवरण बैंकबाट जानकारी लिन सकिन्छ। मैले उक्त पर खरिद गर्दाको अवस्थामा पर धनीलाई रकम दिएको भन्ने कुरा झुट्टा हो । आरोपितले लगाएको सबै भाभीको आरोपहरू अस्तै तथ्यहिन र प्रमाण विहिन आरोपहरू हुन्।
-यो आरोप पनि उसले आफ्नो बयानमा भनेको कुराहरु हो र उनको डायरीमा पाईएको कुराहरू हो। जसको सत्यता माथी सिधा प्रश्न उठ्छ र यो मनगढन्ते कपोकल्पित आरोप तो। आरोप प्रमाणित भएमा सजायको भागिदार हुने छु। काल्पनिक व्यहोरा मैले दिएको भनेर म माथी आरोप गलत हो, मैले उक्त सबै आरोपित बुँदाहरुको जवाफ माथी उल्लेखित मेरो जवाफमा दिए के अनुसार सत्य हो।
जहाँ सम्म एक करोड पचास लाख र दुई करोड गरी जम्मा लिन कारोड पचास लाख सवाल छ, बैंकमा साटिएको छ-छैन सम्बन्धित बैंकबाट जानकारी लिन अनुरोध छ भन्ने व्यहोरा उल्लेख गरी प्रतिवादी इन्द्रजित राईले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज।
.jpg)






























प्रतिक्रिया