नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सन्दीप रायमाझीको बयान प्रहरिले सार्वजनिक गरेकाे छ।
यस्ताे छ उनकाे बयान:
-प्रतिवादी सानु भण्डारीले मेरो बुबालाई मामा भनी सम्बोधन गरी घरमा आउने गरेका गरेका थिए। निज मेरो घरमा बुबालाई भेट्न आउने क्रममा निजसंग चिनजान हुन गएको हो। पक्षी निजम मिली पाटनरसिपमा २ वर्ष टायल मार्वलको व्यापारसमेत गरेका हौँ। निजसँग विगत ६,७ वर्ष अगाडी टायल मार्बलको सेयरमा बसी काम गरेको हो।
-निजले २ वर्ष सम्म काम गरी सेयर बसेको र विचमा १ वर्ष छाडे पछी पुन: पार्टनरसिपमा काम गर्ने भनी आएको हुँदा संयुक्त रुपमा काम गरेको हो। म समेतले संचालन गरेको कम्पनीको नाम लियोन ट्रेडर्स प्रालि हो। उस कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको उक्त कम्पनि दर्ता गर्दाको अवस्थामा संचालकमा म प्रतिवादी सानु भण्डारी, सरोज बुढाथोकी र जोसेफ रायमाझी गरी ४ जना थियौँ।
-हाल सानु भण्डारीको स्थानमा भिष्म पोखरेललाई राखेका छौँ। मैले निज प्रतिवादीहरु केशव प्रसाद दुलाल, मान भयहारी र सन्देश शर्मा मार्फत कोही कसैलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी कुनै रकम लिएको छैन। लियोन ट्रेडर्स प्रा.लि.को व्यापारको लागी भनी नगद र चेक मार्फत दिने गरेका हुन। निजले दिएको रकम कम्पनीको खातामा जम्मा भएको छ। टोप बहादुर रायामाझीले शरणार्थी बनाई पठाई दिन्छु भनी रकम लिएको भन्ने कुरा गलत हो।
-लिबोन ट्रेडर्स प्रा.लि नामको कम्पनीको साविक नेपाल ईन्भेष्टमेण्ट बैंक र मेघा बैंकमा खाता संचालन थियो, हाल नेपाल इन्भेष्टमेण्ट मेधा बैकमा, नविल बैंक, माछापुच्छ्रे बैंकमा खाता संचालन छ, उक्त खाताहरु लियोन ट्रेडर्स प्रा.लिको नाममा नै खाता संचालन रहेको। निज प्रतिवादी सानु भण्डारीले म आफू पुनः कम्पनीमा रही काम गर्छु भनी कम्पनीको लागी मलाई बिस लाखको दरले २ पटक गरी २/३ महिनाको अवधिमा चालिस लाख दिएका हुन्, उक्त रकम दिँदा निजले चेक मार्फत नै दिएका हुन्।
-निजले दिएको चेक मैले मेरो नाममा रहेको माछापुच्छ्रे बैंकमा रहेको खाता नं मा जम्मा गरी पुनःसो खाताबाट निकाली कम्पनीको खातामा जम्मा गरेको हुँ। निजले दिएको अर्को बिस लाखको चेक मैले कम्पनी कै खातामा जम्मा गरेको हुँ। शरणार्थीको विषयमा थाहा भएन्। निजले कम्पनीमा सेयर होल्डरको रुपमा पहिलेबाट रहेका सरोज बुढाथोकीलाई सेयर होल्डरबाट हटाई मलाई सेयर होल्डरको रुपमा राख्नु भनी शर्त राखेको र सोही शर्त पालना गर्ने गरी निजले उक्त रकम मलाई दिएकोमा सरोज बुढाथोकी कम्पनीको सेयर होल्डरबाट हट्न नमानेको हुँदा निजलाई सेयर होल्डरको रुपमा आवद्ध गराउन नसकिएको हो।
-निजबाट लिएको रकममध्ये निजले टायल मार्बल खरिद गर्न पठाएका निजका व्यक्ति र निजले सामान लगेको हुँदा १५ लाख जति हिसाव मिलान भई सकेको र बाँकी रहेको २५ लाख बजारमा रहेको उधारो रकम उठे पछी दिने भन्ने निज र कम्पनी बिच सहमति भएको थियो।
निज सानु भण्डारी मेरो कम्पनीमा विगत ४ वर्ष देखी सिआइओ भएर किन आउनु भयो, सो को प्रमाण म संग छ। मेरो वयान झुट्टा होइन्। सो विषयमा सबै विवरण मलाई जानकारी भएन्, मेरो बुवा टोप बहादुर रायामाझी संसदको सदस्य भएको कारण वार्षिक रुपमा बुबाले सम्पति विवरण बुझाउने गर्नु भएको हुँदा सोहीबाट विवरण झिकाई बुझ्न सकिन्छ भन्ने व्यहोराको प्रतिवादी सन्दिप रायमाझीको बयान कागज।






























प्रतिक्रिया