पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझीले छोरा पक्राउ परेपछि मन बिग्रिएकाले केही अवधि सम्पर्कविहीन भएको बयान प्रहरीलाई दिएका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा संलग्न रहेकोमा पक्राउ परेका उनले बयानमा भनेका छन्, ‘मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकोले आफुलाई पनि पक्राउ गरी हतकडी लगाउँछन भन्ने लागेकोले मन विग्रिएको हुँदा केही अवधि सम्पर्क विहिन भएको थिएँ सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ ।’
यस्ताे छ रायमाझीको बयान:
प्रतिवादी केशवप्रसाद दुलालसँग सुजाता कोईरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो । प्रतिवादी सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान भएको हा । प्रतिवादी टेकनारायण पाण्डे मेरो जिल्लाबासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो ।
प्रतिवादी इंन्द्रजीत राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो, प्रतिवादी बालकृष्ण खाणलाई विद्यार्थी राजनिती गर्ने क्रममा चिनेको हुँ। भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थाई र दिर्घकालिन समाधानको उपायहरू पहिल्याउन बाल कृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएको सम्म जानकारी छ । सो बाहेक अन्य कुरा मलाई जानकारी भएन ।
मैले ईन्द्रजीत राईलाई चिनाई दिएको भन्ने कुरा सरासर गलत हो । प्रतिवादी इंद्रजीत राई र प्रतिवादी सानु भण्डारी बिचको लेनदेन विषयमा यहाहरुले जान्ने कुरा हो, मलाई जानकरी छैन। निजले मलाई दिएको भनेको रकम बाट मैले कुनै रकम लिएको छैन, सन्दिप रायमाझिको खातामा जम्मा गरेको रकम सम्बन्धमा निजले ने स्पष्ट पार्ने छन ।
प्रतिवादी सानु भण्डारीको घर बाट बरामद भई आएको डायरीमा मेरो नाम लेखि पटक पटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन, निजले के कुन प्रयोजनको लागी उक्त कुरा लेखेका हुन । मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन । मेरो छोरा सन्दिप रायमाझीसग कम्पनीमा साझेदारीको कुरा सन्दिप रायामाझीले दिएको बयान बाट नै देखिन्छ । मलाई रकम दिएको भन्ने जति पनि विवरणहरू छन्, त्यसमा कुनै आधार र सत्यता छैन ।
निजले ठुलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरु के कुन प्रयोजनका लागी लेखेका हुन मलाई जानकारी भएन। प्रतिवादी केशव प्रसाद दुलाल र सानु भन्डारीले हामीहरुको भेटघाट नभएको धेरै समय भयो, व्यवसायिक साथीहरुले हेलीको व्यवस्था गरेका छन । गोसाईकुण्ड गई फ्रेस भएर आउनु पन्यो भनी मलाई प्रतिवादी केशव प्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा निजहरुले धेरै समय लाग्दैन जान आउन ३० मिनेट १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म निजहरूको कुरामा सहमत भई गोसाईकुण्ड गई फोटो खिचाई फर्किएका हो ।
म सो ठाउँमा घुम्न जादाको अवस्थामा मैले सामान्य रूपमा लिएको थिए। ईन्द्रजीत राईलाई मैले पहिले देखी चिनेका व्यक्ति हुन्। काम विशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः इन्द्रजीत राईलाई नै बढी भेट्ने गरेको थिए । मिति २०७७/०९/१६ गते म आफ्नै काम विशेषले गृह मन्त्रालय गएको बखत स्वकिय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजीत राईको कार्यकक्षमा छलफल हुँदा ठुलो स्वरमा आवाज आएको हुँदा म पनि निजको कार्य कक्षमा छिरे ।
त्यहाँ जाँदा इन्द्रजीत राई, सानु भण्डारी र केशव प्रसाद दुलाल बिच लेनदेन सम्बन्धि बिबाद भएको सुनेको हुँ, कार्यकक्षबाट बाहिर आए पछी सानु भण्डारी र केशव प्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौ ? भनी सोध्दा निजहरुले हामी पूर्वका मानिस हौ, शरणार्थीका लागी पनि हामीले डुप्लिकेट काम गछौं होला भनी प्रति प्रश्न गरेका थिए। इन्द्रजीत राईलाई सामु भण्डारी सँग मैले परिचय गराईदिएको भन्ने कुरा सत्य होईन ।
भुटानी शरणार्थीको कार्यदल बनाउने सम्मको कुरा मलाई थाहा छ उक्त संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्ला सहसचिव समेत भएको हुँदा विषय शुरु देखी नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छु, बाँकी रहेका पिडीत भुटानी शरणार्थीहरुको तत्कालिन समस्याको समाधन हुनु पर्दछ भन्ने मेरो धारणा रही आएको छ। गैर भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यले नेपालको अन्तराष्ट्रिय स्तरमा छबी अपमान हुन्छ भन्ने मलाई लाग्छ ।
मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकोले आफुलाई पनि पक्राउ गरी हतकडी लगाउँछन भन्ने लागेकोले मन विग्रिएको हुँदा केही अवधि सम्पर्क विहिन भएको थिएँ सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ । कदम रोकिएको मात्र हो, आफै सम्पर्कमा आउने क्रममा थिएँ भनी प्रतिवादी टोप बहादुर रायमाझीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।





























प्रतिक्रिया