नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने सांसद विमलेन्द्र निधिको माग

नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने सांसद विमलेन्द्र निधिको माग

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने माग गरेका छन्। 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै दुई पटक संसदबाट पारित भएर गएको विधेयक संसदमा फिर्ता आउन नहुने भन्दै यसलाई पारित गर्ने विषयमा सरकार सक्रिय भएर लाग्नु पर्ने बताए। 

उनले भने,‘यो नागरिकता विधेयक पारित गर्नको लागि कानुनी अथवा संवैधानिक आधारहरु खोज्नु भएको छ रे, यो संसद मार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहान्छु भने, संसदबाट दुई/दुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन्। पारित र प्रमाणित नै हुनुपर्छ। राष्ट्रपतिलाई सल्लाह गरेर यो नागरिकता विधेयक तत्कालनै प्रमाणित गर्न लगाउने कुरामा सरकार सक्रिय हुनुप-र्यो’।

Skip This
Skip This
Logo