विद्युतीय सवारीको कर नबढाउन सांसद गौतमद्वारा ध्यानाकर्षण

विद्युतीय सवारीको कर नबढाउन सांसद गौतमद्वारा ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विद्युतीय सवारी साधनमा राज्यले लगाउने कर नबढाउन माग गरेकी छिन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले बिभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल भइहरेको चर्चा चलेको बताइन्। उनले विद्युतीय सवारीको कर बढाउने चेष्टा गर्दै नगर्न अर्थमन्त्री र ऊर्जामन्त्रीको ध्यानाकर्षण समेत गराएकी छिन्। 

उनले भनिन् ‘विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल हुँदै छ भन्ने कुरा गाँइगुँइ सुनिदै छ । करको दर बढाउने हो भने यो सम्भव हुने छैन,वातावरणीय संरक्षणलाई पनि यसले उत्तिकै टेवा पु-याउछ भन्ने कुरामा हामी सचेत हुनैपर्छ। त्यसैले बजेटलाई अन्तिम रुप दिँदै गर्दा अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु कि सके विद्युतीय सवारीको अहिलेको कर घटाइयोस् तर बढाउने चेष्टा गर्दै नगरियोस्।’ सांसद गौतमले देशको जलवायु संकटलाई मध्यनजर गरेर पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने योजना बजेटमा राख्न पनि आग्रह गरिन्।

Logo