गगन थापाको टिप्पणी- नीति तथा कार्यक्रम हेरे सबै छ, राम्रोसंग हेर्दा केही छैन

गगन थापाको टिप्पणी- नीति तथा कार्यक्रम हेरे सबै छ, राम्रोसंग हेर्दा केही छैन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नीति तथा कार्यक्रम हेर्ने हो भने सबै भएको, राम्रोसँग हेर्ने हो भने केही नभएको बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रमाथि बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै सांसद थापाले नीति तथा कार्यक्रमको विषयमा गहन छलफल नभएकोले अन्यौलता देखिएको भन्दै यसमा सबै विषयलाई नसमेटेको दावी गरे । 

उनले सरकारले भ्रष्टाचारलाई न्यून गर्ने आफ्नो मुख्य नीति बनाएको त छ तर सेवाको भूमिका बढाउने कुरा, स्वार्थको द्धन्द्धको कुरा, संवैधानिक निकायको नियुक्ति सम्मको कुरा एक स्थानमा जोडेर राख्यो भने मात्रै नीतिबाट भ्रष्टाचार न्यून गर्ने लक्ष्य प्राप्त हुने बताए । 

उनले भने, 'नीति तथा कार्यक्रम हेर्ने हो भने सबै छ, राम्रोसँग हेर्ने हो भने केही छैन । यो के को लागि ल्याएको हो भन्ने विषयमा हामीले पहिले पनि छलफल नगरेको हुदाँ, यस्तो भएको बताए । सरकारले भ्रष्टाचारलाई न्यून गर्ने हाम्रो मुख्य नीति भन्यो, यसका लागि कार्यक्रम अख्तियार, भ्रष्टाचार सम्बन्धि कुरा, सम्पत्ति शुद्धीकरणको कुरा, राष्ट्रिय सतकर्ताको कानून संशोधन गर्छु यो ठीक छ । उच्च पदको मानिस जसले गैर कानूनी सम्पत्ति आर्जन गरेको छ, म तिनीहरु एकजनालाई पनि छोड्दिन, यो कुराले मात्रै भ्रष्टाचारको यो ठूलो समस्या समाधान हुन्छ हुदैँन् । लोक सेवाको भूमिका बढाउने कुरा, स्वार्थको द्धन्द्धको कुरा, संवैधानिक निकायको नियुक्ति सम्मको कुरा एकस्थानमा जोडेर राख्यो भने मात्रै हामीले नीतिबाट भ्रष्टाचार न्यून गर्छौ सुशासन कायम गर्छौ भन्ने लक्ष्य प्राप्त हुन्छ।' 

सांसद थापाले लामो यात्राको साधनलाई विद्युतीय नबनाईकन पेट्रोलियम पदार्थमाथिको जुन परनिर्भरता घटाउने भनेको छौँ त्यो सार्थक नहुने बताए । उनले बजेट कार्यान्वयन गर्ने सन्दर्भमा जति पनि कानूनहरु निमार्ण गर्नुपर्ने हो त्यो सबै कानूनमा छलफल गरेर पारित गर्ने समयको रुपमा अहिलेको समयलाई प्रयोग गर्नुपर्ने बताए ।  

Skip This
Skip This
Logo