कांग्रेसका पूर्वसांसद गुरुङको निधन

कांग्रेसका पूर्वसांसद गुरुङको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद दीपक गुरुङको आज निधन भएको छ ।

८३ वर्षीय गुरुङ मिर्गौला रोगबाट पीडित थिए । राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

गुरुङ कांग्रेसको भ्रातृसंस्था भूतपूर्व सैनिक संघको ३ कार्यकाल सभापति र कांग्रेसबाट राष्ट्रिय सभा सदस्य समेत थिए ।

उनी ०६५ को उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर १ मा संविधानसभा सदस्यमा उम्मेदवार बनेका तर पराजित भएका थिए ।

Skip This
Skip This
Logo