‘मौद्रिक नीतिमा पुनर्विचार गर्नुपर्छ’ : नाडा

‘मौद्रिक नीतिमा पुनर्विचार गर्नुपर्छ’ : नाडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अटो मोबाइल क्षेत्रलाई कुनै सम्बोधन नगरेको भन्दै व्यवसायी रुष्ट बनेका छन् । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

‘आज प्रस्तुत मौद्रिक नीतिले नेपालको अटोमोवाइल क्षेत्रबाट प्रस्तुत सुझावहरुबारे कुनै सम्बोधन गर्न सकेको छैन । कोरोना भाइरसको संक्रमणबाट आम जनताको स्वास्थ्य रक्षाको लागि सरकारले लगाएको झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आंशिक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको अटोमोवाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावहरुप्रति पूर्नविचारका लागि हामी हार्दिक अनुरोध गर्दछौ ।’ नेपाल अटोमोबाइल एशोसियशन अफ नेपाल (नाडा) ले प्रेस विज्ञप्तीमार्फत भनेको छ ।

राष्ट्र बैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई मौद्रिक नीतिमा निरन्तरता दिएकोप्रति व्यवसायीहरुले असन्तुष्टी व्यक्त गरेका हुन् ।

राष्ट्र बैंकका पूर्वनिर्णयहरुका कारण सवारीसाधन व्यवसायमा गम्भीर असर परेको र यसबाट राष्ट्रको सर्वाङ्गिण विकासमा नै नकारात्मक असर परिरहेका बेला यस नीतिको नकारात्मक प्रभाव आयात परेको जनाएको छ । त्यसलाई पुर्नविचार गर्न पनि नाडाले माग गरेको छ ।

Logo