गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

केन्द्रबिन्दु
0
Shares

बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१ औँ जन्मदिन मनाउदैछन्। करणको निर्देशकीय कमब्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’पनि रिलिजका लागि तयार छ।

धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौँ सुपरहिट फिल्म दिएका छन्। करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन्। तर गम्भीर विषयका फिल्ममा भने उनलाई रुची छैन।

‘मलाई संगीत मनपर्छ। मलाई गीत र नृत्य, ग्ल्यामर मनपर्छ। यिनीहरुका लागि म माफी माग्दिनँ। मलाई मानिसहरुले तपाईं वास्तविक मुद्धामा फिल्म कहिले बनाउनुहुन्छ भनेर सोध्छन् ? त्यसका लागि मैले माइ नेम इज खान बनाए। मलाई सबै कुरा गर्न मजा लाग्छ।

तर मेरा लागि फिल्म पलायनवाद हो र म चाहन्छु कि मेरो फिल्म हेर्न आउँदा दर्शकहरु प्रेममा रमाउँदै संसार घुमुन्,’उनले भनेका छन्।करणले चमक र ग्ल्यामर नभएको फिल्म आफूले कहिल्यै नबनाउने बताएका छन्।

‘म गम्भीर हुन चाहन्नँ। म मजेदार र शानदार फिल्म बनाउन चाहन्छु’, उनी भन्छन्। रणवीर सिंह र आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ २८ जुलाईमा रिलिज हुँदैछ।

Skip This
Skip This
Logo