‘सोच्नै र गर्नै नसकेको कार्यहरु गणतन्त्रका कारण सम्भव भयाे’ -मन्त्री शर्मा

‘सोच्नै र गर्नै नसकेको कार्यहरु गणतन्त्रका कारण सम्भव भयाे’ -मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले पूर्व-पश्चिमका संस्कृतिहरु जोडिएका विषयवस्तुहरु पनि फोटो प्रदर्शनीमा जोड्न आवश्यक भएको बताएकी छन् । 

बिहीबार गणतन्त्रदिवसको अवसरमा काठमाडौंमा आयोजित ‘हाम्रो संस्कृति हाम्रो सम्पदा विषयक’ साताव्यापी तस्विर प्रद्धर्शन कार्यक्रममा मन्त्री शर्माले फोटो प्रद्धर्शनीले संस्कृतिलाई झल्काउने काम गरेको बताएकी हुन् । 

उनले भनिन्, ‘सबै जम्मा गरिएका फोटोहरुले संस्कृति झल्काउँछ । तर ती पर्याप्त छैनन् । हामीले सुरुवात गरेका छौं । सुरुवात गर्ने सन्दर्भमा थुप्रै पूर्व पश्चिमका संस्कृतिहरु जोडिएका विषयवस्तुहरु जोडिएका छन् । त्यसको लागि निरन्तर खोजी गरिनेछ ।’ 

मन्त्री शर्माले सरकारले गणतन्त्र दिवस समीक्षाको साथ मनाउने बताएकी छन् । गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले विभिन्न खालका आन्दोलन,संघर्षहरु, घटना ,परिघटनाहरु र कठिन संघर्षलाई विर्सिन नहुने पनि बताइन । आम नेपालीले सोच्नै नसकेको र गर्न नसकेको कार्यहरु गणतन्त्रको कारणले सम्भव भएको उनको भनाइ छ । 

Logo