प्रधानमन्त्री प्रचण्डले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने

प्रधानमन्त्री प्रचण्डले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने भएका छन्।  

भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तिले उल्लेख छ। उनीहरुबीच द्वीपक्षीय हितका विषयमा छलफल हुनेछ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्। औपचारिक कार्यक्रम र भेटघाटका अतिरिक्त प्रधानमन्त्री प्रचण्डले उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

Logo