जावलाखेल एपीएफसँग पराजित

जावलाखेल एपीएफसँग पराजित

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले सहज जित हात पारेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा १० खेलाडीमा सिमित एपीएफले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराखित गरेको हो । एपीएफको जितमा अर्मान्ड बिडोम र आवास लामिछानेले एक एक गोल गरे ।

खेलको ८६ औं मिनेटमा मैदानभित्र तनाव उत्पन्न भएपछि एपीएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभले सोझै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।  

जितसँगै एपीएफ २२ खेलमा २९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । तर, पराजित जावलाखेलले शीर्ष स्थानमा अंक दुरी बढाउने मौका गुमाएको हो । जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा छ ।

Logo