राष्ट्रिय एकता पार्टी दर्ता गर्न गठबन्धन दललाई सांसद ज्ञवालीको सुझाव

राष्ट्रिय एकता पार्टी दर्ता गर्न गठबन्धन दललाई सांसद ज्ञवालीको सुझाव

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले सरकारले गठबन्धनको आडमा नीति तथा कार्यक्रमलाई पास गर्न खोजेको भन्दै कडा आक्रोश पोखेकी छिन् । 

नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा शनिवार संसदमा सांसद ज्ञवालीले गठबन्धनको आडमा जे गर्दा पनि हुन्छ भन्ने सोच पूरा हुन नदिने चेतावनी दिदैँ राष्ट्रिय एकता पार्टी दर्ता गर्न गठबन्धनलाई सुझाव दिएकी हुन् ।

उनले भनिन्, ‘किन गठबन्धन भन्नुहुन्छ राष्ट्रिय एकता पार्टी भनेर पार्टी दर्ता गरे भै हाल्यो नी शुभकामना छ यहाँहरुलाई । तर तपाईहरुको स्वार्थ र गठबन्धनको स्वार्थ नेपाली जनताले पूरा हुन दिने छैनन् । नीति र कार्यक्रम सबै ठीक भए किन सत्ता पक्षका माननीय ज्यूहरुले संशोधन हाल्नु भएको ?’

सांसद ज्ञवालीले आफ्नो पार्टीका अध्यक्षमाथि प्रतिपक्षले उठाएका प्रश्नबारे समेत आक्रोश पोखिन्। 

Skip This
Skip This
Logo