‘भ्रष्टाचार नियन्त्रणमा सत्तापक्ष र विपक्ष एकठाउँमा उभिन आवश्यक’ -प्रधानमन्त्री प्रचण्ड

‘भ्रष्टाचार नियन्त्रणमा सत्तापक्ष र विपक्ष एकठाउँमा उभिन आवश्यक’ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्या समाधान गर्ने गर्ने दृष्टिकोणले सत्ता पक्ष र विपक्ष एकठाउँमा उभिन आवश्यक रहेको बताएका छन् । 

शनिवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पहिलो गठबन्धनबाट दोस्रो गठबन्धनमा आउदा केहि मनोभावना र मनोविज्ञान भएता पनि त्यो भन्दा ठूलोे कुरा राष्ट्र ठानेर एक ठाउँमा आउन जरुरी रहेको बताएका हुन् । 

उनले भने, ‘यहि सदन भित्र,सत्ता पक्ष र  विपक्षको आफ्नो आफ्नो भूमिका छन् ।  तर राष्ट्रिय समस्या समाधान गर्ने र जनताको सम्बोधनले गर्ने दृष्टिकोणले सत्ता पक्ष र विपक्ष एकठाउँमा उभिन जरुरी छ । समझदारी र सहमति गर्न कायम गर्न जरुरी छ । पहिलो गठबन्धनबाट दोस्रो गठबन्धनमा आउदा केहि तीता मीठा अनुभव भएका छन् पैदा गरेको मनोभावना मनोविज्ञान छन् म बुझ्छु।  तर त्यो मनोभावना मनोविज्ञान भन्दा ठूलो कुरा राष्ट्र हो जनताहरुको आधारभूत हितहरुको पक्षमा काम गर्नु हो ।’

प्रधानमन्त्री प्रचण्डले माथिदेखि तलसम्म भएको भ्रष्टाचारको स्थितिले सामाजिक न्याय र समृद्धिको समस्या र चुनौतीको सामना गरिरहेको बताए । यस्तो अवस्थामा फेरि राजनीतिक दल र नेताहरु एक भएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाई छ ।  

Logo