आज संघीय संसद्को संयुक्त बैठक बस्दै

आज संघीय संसद्को संयुक्त बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त  बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे  संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ। आजकाे  बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने बताइएको छ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले 'संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौला प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। सो नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

Logo