पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ।
स्ट्रासबर्गसँग १-१ को बराबरी खेल्दै पिएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधी जीत हासिल गरेको हो। यो जीतसँगै पिएसजीले ११औँ पटक फ्रेन्च लिगको उपाधी उचालेको हो।
पिएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतमा शनिबार राती भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पिएसजीलाई उपाधी जित्न सहज भएको हो।
पहिलो हाफमा गोल रहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५९औँ मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए। तर, घरेलु टोली पिएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन्।
खेलेको ७९औँ मिनेटमा केभिन गेमेरियोले गोल गरेपछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनबाट जान पनि रोकियो। यस बराबरीसँगै पिएसजीले ३७ खेलबाट ८५ अंक बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औँ स्थानमा छ।





























प्रतिक्रिया