जर्मन बुन्डेस लिगाको उपाधी बार्यन म्युनिखलाई

जर्मन बुन्डेस लिगाको उपाधी बार्यन म्युनिखलाई

केन्द्रबिन्दु
0
Shares

बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ। शनिबार राति भएको अन्तिम चरणको खेलमा डर्टुमन्ड माइन्जसँग २-२ गोलको बराबरीमा रोकिए पछि बार्यनले एफसी कोलनलाई २-१ ले पराजित गरेर च्याम्पियन बन्न सफल भएको हो। यससँगै म्युनिखले लगातार ११ औँ पटक उपाधी हासिल गरेको हो। 

डर्टमुन्डलाई उपाधि जित्नका लागि लिगको अन्तिम खेल जित्नै पर्ने या म्युनिखले हार या  बराबरीमा रोकिनु पर्ने अवस्था थियो तर डर्टमुन्ड आफू रोकिँदा बार्यनले बाजी मारेर उपाधीमा जीत हासिल गरेको हो।

दुबै टिमले लिगको अन्तिम खेल ३४ मा समान ७१ अङ्क बनाए पनि गोल अन्तरमा शीर्ष स्थानमा रहँदै लगातार ११ औँ पटक बार्यन म्युनिख च्याम्पियन बनेको बन्न पुगेको हो। शनिवार राती सम्पन्न खेलको आठौं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा बार्यन १-० को अग्रता कायम गर्न सफल भयो। 

तर, सो खेलको ८१ औँ मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए पनि त्यो लामो समय टिक्न भने सकेनन्, खेलको ८९ औँ मिनेटमा जमल मुसिआलाले गोल गरे, जुन गोल नै बार्यनलाई उपाधी जित्नका लागि निर्णायक हुन पुग्यो। उनको सो गोलले बार्यनले यसअघि समान अंक भएको डर्टमुन्डलाई उछिन्दै उपाधी जिताउन सफल भयो।

उता, डर्टमुन्डले भने घरेलु मैदानमा सुरुमा नै राम्रो प्रदर्शन गर्न सकेको थिएन्। पहिलो हाफमा नै पाहुना टोली माइन्जसँग २ गोलले पछि परेर आफुलाई कमजोर प्रस्तोताको रुपमा उभ्याएको थियो। 

जसअनुसार सो खेलको १५ औँ मिनेटमै हान्ची ओल्सेनले सुरुवाती गोल गरेका थिए भने २४ औँ मिनेटमा ओनिसुवाले थप गोल गरे पछि डर्टमुन्ड पहिलो हाफमा नै २-० ले पछि पर्न गयो।

दोस्रो हाफको ६९ औँ मिनेटमा राफेल गुएरिरोले ६९ औँ मिनेटमा गोल गरेर बदला लिने कोशिश भने गरे। त्यसमाथी इन्जुरी समयमा सुलेले बराबरी गोल फर्काउँदै टिमलाई एक अङ्क नदिलाएका हाेइनन तर अर्को खेलमा बार्यनको जितसँगै डर्टमुन्ड समान अङ्क भएपनि गोल अन्तरमा पछि रहँदा उपाधि जित्न असफल भयो।

Skip This
Skip This
Logo