आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन

आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन

केन्द्रबिन्दु
0
Shares

कोसी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन्।  गत पुस १७ गते प्रदेशको नामाकरण पछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।

प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषधाज्ञा लगाएको छ ।

आन्दोलनरत पक्षले ‘पहिचानको लागि युवा’ समूह गठन गरी शुक्रबार मार्चपास समेत गरेको छ । समूहले गाउँदेखि सहरसम्म आन्दोलनको लागि प्रशिक्षण गराएको थेगिमले सुनाए । आइतबार हुने तेस्रो चरणको आन्दोलन फरक हुने पहिचानवादीले बताउँदै आएका छन् ।

प्रशासनले प्रदेशसभा पूर्व देवकोटा चोकदेखि पश्चिम कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरेको छ । 

Skip This
Skip This
Logo