पर्यटन मन्त्री किरातीको आक्रोश : मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले

पर्यटन मन्त्री किरातीको आक्रोश : मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेटपनि नबस्ने घोषणा गरेका छन्।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूले घुस नखाएको र अरुलाई पनि नखुवाउँदा पापीहरु बौलाएको टिप्पणी गरेका हुन् ।

उनले लेख्दै भने,‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्।

पशुपति विकास कोषको जग्गामा मन्त्री किरातीले भ्रष्टाचार गरेको भन्दै विभिन्न मिडियामा समाचारहरु आएपछि उनले सोको खण्डन गरेका हुन् ।

Logo