‘काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने प्रवृति पागलपन’- सांसद श्रेष्ठ

‘काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने प्रवृति पागलपन’- सांसद श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने पागलपनको उदाहरण भएको बताएकी छिन्। 

आइतबार संघीय संसदको संयुक्त बैठकमा संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदै उनले काम गर्ने शैली परिवर्तन गर्न आवश्यक भएको बताएकी हुन्। 

सांसद श्रेष्ठले भनिन्‘काम गर्ने तरिका पटक्कै नफेर्ने, त्यही सिराले काम गर्ने तर नतिजा फरक सोच्ने यो पागलपनको उदाहरहण बाहेक केही हैन्। जसरी कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले ज्यूले यहिबाट भन्नुभयो। हिजो पनि प्रधानमन्त्री ज्यूले ईमान्दारिताका साथ भन्नुभयो कि हामीले बजेट ल्याउँदा कर्मकाण्डी नै गरेका हौँ भनेर यो नियमावली ल्याउँदा पनि ३ दिनको अन्तरालमा ल्याइयो। फरक कल्पना कसरी गर्न सक्छौँ? ’ 

सांसद श्रेष्ठले प्रयोग गरेको पागलपन शब्दप्रति नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका थिए। तर सभामुखले सांसद श्रेष्ठको लाञ्छना व्यक्ति विशेषमा केन्द्रित नरहेकोले आपत्ति जनाउन आवश्यक नभएको बताएका थिए।

Logo