अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक अवस्था सन्तोषजनक नभएको स्विकार गरेका छन् ।
आईतबार प्रतिनीधिसभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री महतले वित्तिय स्थितीभन्दा सामाजिक तथा भौतीक पूर्वाधारमा लगानीको अवस्था सन्तोषजनक भएको बताएका हुन् ।
उनले भने, ‘विगतमा सार्वजनीक संस्थाले मुलुकको आर्थिक समाजिक तथा पुर्वधार विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भएता पनि सञ्चालन र व्यवस्थापनमा देखा परेका कमी कमजोरिहरुको कारणले समग्र वित्तिय स्थिती सन्तोषजनक छैन् । सामाजिक तथा भौतिक पूर्वाधारमा सन्तोषजनक उपलव्धि भएको छ । यस पटकको आर्थिक सर्वेक्षणमा राष्ट्रिय जनगणना २०७८ को जनसंखिक संरचना र लाभलाई अर्थिक दृष्टिकोणबाट विश्लेषण गरि छुट्टै अध्ययनको रुपमा प्रस्तुत गरिएको छ ।’
अर्थमन्त्री महतले वित्तिय स्थिती सुधारका लागि पनि सरकारले आवश्यक प्रयास गरिरहेको बताए ।





























प्रतिक्रिया