भारत भ्रमणमा हुने सम्झौतामा राष्ट्रिय सहमति जुट्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

भारत भ्रमणमा हुने सम्झौतामा राष्ट्रिय सहमति जुट्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणलाई लिएर आफूलाई सकरात्मक सुझाव प्राप्त भएको बताएका छन् । 

सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विभिन्न दलका नेताहरूसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले संचारकर्मीसंग आफूले सकरात्मक सुझाव प्राप्त गरेको बताएका हुन् । आफूले भारत भ्रमणका क्रममा गर्ने सहमति र सम्झौतामा राष्ट्रिय सहमति जुट्ने उनको विश्वास छ । 

‘पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ज्यूहरुको सुझाव सुने ।’ उनले भने, ‘अहिलेसम्म एकदम सकरात्मक छ सबैले राष्ट्रको हितमा सकारात्मक सुझाव दिनुभएको छ ।’ 

प्रधानमन्त्री प्रचण्ड आगामी जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदैछन् ।

Logo