पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले पूर्ण आत्मविश्वासका साथ भारत समक्ष आफ्ना कुरा राख्न सुझाव दिएको बताएका छन् ।
सिंहदबारमा प्रधानमन्त्रीले आह्वान गरेको पूर्वप्रधानमन्त्री, दलका नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा पूर्वपरराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्रीलाई पूर्ण तयारीका साथ जान सुझाव दिएको बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय हितलाई सर्वोपरि ठानेर आत्मविश्वासका साथ तपाईंले आफ्नो कुराहरु राख्नुपर्छ जस्ले गर्दा भोलि संयुक्त सम्मेलन हुदाँ नेपालीले हो हल्ला यसो भएछ उसो भएछ भननिकन कमसे कम यसपालि राम्रो भ्रमण भए भन्ने खालको भन्ने खालको त्यो दृष्टीकोण लिएर जानुपर्छ । पूरा उर्जाका साथ जानु पर्छ ।’
पूर्वपरराष्ट्रमन्त्री खड्काले पुराना सम्झौता कार्यान्वयनको विषयलाई पनि जोडदार रुपमा उठाउन ध्यानाकर्षण गराएको बताए ।





























प्रतिक्रिया