वर्षाले रोकिएको आईपीएलको फाइनल खेल आज

वर्षाले रोकिएको आईपीएलको फाइनल खेल आज

केन्द्रबिन्दु
0
Shares

वर्षा बाधक बन्दा आइतबार हुने तालिका रहे पनि स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल आज (सोमबार) हुँदै छ । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशाला हुने तय रहे पनि लगातारको वर्षाका कारण गुजरात टाइटन्स र चेन्नाई सुपर किङ्सबीचको फाइनल खेल 'रिजर्भ डे' मा सरेको हो । 

यी दुईबीचको खेल नेपाली समयअनुसार आज साझ ७:४५ बजेदेखि सुरु हुनेछ । आईपीएलको प्लेअफमा चेन्नाईले प्रतियोगिताको साविक विजेतासमेत रहेको गुजरातलाई नै हराएर सोझै फाइनलमा स्थान बनाएको थियो । गुजरातले भने इलिमिनेटर जितेको मुम्बई इन्डियन्सलाई हराएर उपाधिका लागि चेन्नाईसँगको भेट पक्का गरेको थियो ।

हालसम्म चेन्नाईले चार पटक आईपीएलको उपाधि जितेको छ । यसअघिको संस्करणबाट आईपीएलमा 'डेब्यु' गरेको गुजरातले पहिलो संस्करणको नै उपाधि जितेको थियो ।

Logo