सेल पेद्वारा ‘दिस २०२० गेट सामसङ ग्यालेक्सी एस २०’ विजेताको घोषणा

सेल पेद्वारा ‘दिस २०२० गेट सामसङ ग्यालेक्सी एस २०’ विजेताको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सेल पेद्वारा ‘दिस २०२० गेट सामसङ ग्यालेक्सी एस २०’ विजेताको घोषणा गरेको छ । बिहीबार उक्त योजना अन्तर्गत सुजन कार्कीले लक्की ड्र मार्फत सामसङ ग्यालेक्सी एस २० जितेका हुन्।

उक्त लक्की ड्र कार्यक्रम सामाजिक सञ्‍जाल फेसबुकबाट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले सञ्चालन गरेका थिए ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले न्युनतम २० रुपैयाँदेखि रिचार्ज, युटिलिटी पेमेन्ट पि २ पी फण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे पश्चात एउटा युनिक कोड नं. पाउने र सोही कोड हरुबाट लक्की ड्र मार्फत विजेता घोषणा गरिने कम्पनीले जनाएको छ।

सेल पेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण गर्न सकिन्छ । यस्तै स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बीमा रकम भुक्तानी, इएमआइ भुक्तानी, कोविड १९ को बीमा रकम भुक्तानी तथा शेयर कारोबार लगायतको समयमा नै भुक्तानी गर्न सकिनेछ ।

Logo