नेपाल मलेसियासँग पहिलोपटक पराजित

नेपाल मलेसियासँग पहिलोपटक पराजित

केन्द्रबिन्दु
0
Shares

नेपाल महिला टि२० आई खेलमा पहिलोपटक मलेसियासँग पराजित भएको छ । वाइएसडी यूकेएम ओभलमा सोमबार भएको खेलमा खराब ब्याटिङ प्रदर्शनका कारण नेपालमाथि मलेसिया ५ विकेटले विजयी भएको हो । 

जितको लागि ५१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले १३ रन तथा आइना हामिजाह हशिमले १२ रन जोेडिन् । इना नजवा ८ रनमा अविजित रहिन् । 

बलिङतर्फ नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान २र२ विकेट लिए भने कविता कुँवरको नाममा १ विकेट रह्यो । 

त्यसअघि टस हारेर पहिला ब्याटङको निम्तो पाएको नेपाल १६.५ ओभरमा ५० रनमा अल आउट भएको थियो । यो महिला टि२० आईमा नेपालको कम योगफल हो । नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन तथा ज्योती पान्डेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । 

नेपाललाई सस्तैमा समेट्न मलेसियाका लागि नीर नुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २/२ विकेट लिइन् । 

योसँगै मलेसियाले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब नेपालकाे मलेसियासँग दोस्रो खेल मे ३० अर्थात मंगलबार रहेको छ । जुन १ मा तेस्रो, जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ । 

Skip This
Skip This
Logo