सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।
सोमबार संघीय संसदमा अर्थमन्त्री डा. प्रकाश शरण महतले १७ खर्ब ५१अर्ब ३१ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । जसमा चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ६५ दशमलव २० प्रतिशत विनियाेजन भएकाे छ भने पूँजीगततर्फ ३ खर्ब २ अर्ब २ करोड अर्थात १७ दशमलव २५ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७ दशमलव ५५ प्रतिशत विनियाेजन भएकाे अर्थमन्त्री महतले जानकारी दिए ।
यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ करोड रुपैयाँ विनियोजन भएकाे छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ, ४ खर्ब ५२ अर्ब ७५ करोड अपुग हुने स्रोतमध्ये वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब स्रोत परिचालन गर्ने बताइएकाे छ ।































प्रतिक्रिया