काठमाडौं ।
एक खेल बाँकी हुँदै स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । गए राति भएको खेलमा भिल्लारियललाई २–१ ले हराउँदै रियलले ३४ औं पटक ला लिगा उपाधि जितेको हो ।
यस अघि २ खेल बाँकी छँदै दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोनासँग ४ अंकको अग्रता बनाइसकेको थियो । यो जीत सँगै रियलले एक खेल बाँकी छँदै ७ अंकको अग्रता बनाई उपाधि जित्न सफल भएको हो ।
रियलका लागि करिम वेञ्जिमाले २९ औं मिनेटमा पहिलो र ७७ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । यस्तौ भिल्लारियलका इबोराले ८३ औं मिनेट जवाफी एक गोल गरे पनि जीतका लागि पर्याप्त भएन ।





























प्रतिक्रिया