राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटमा कार्यन्वयनमा समस्या रहेको टिप्पणी गरेका छन् ।
सोमवार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरुसँग अध्यक्ष लिङ्देनले विगतमा बजेट ल्याउने तर कार्यन्वयन भने नहुने गरेको भन्दै फेरिपनि कार्यन्वयनमा समस्या हुनसक्ने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘परम्परागत छ । पहिला जसरी आउँथ्यो । त्यसैगरी आएको छ । बजेटमा जतिसुकै राम्रो कुरा राखिएपनि कार्यान्वयन पक्ष महत्वपूर्ण हुन्छ । विगतमा पनि यसरी आउँथ्यो अहिलेनी आएको छ । कार्यन्वयनमा फेरि पनि शंकाहरु छन ।’
अध्यक्ष लिङ्देनले बजेटले अहिलेको आर्थिक संकटलाई सामना गर्न र देशबासीमा नयाँ आशा जगाउन नसक्ने बताए ।





























प्रतिक्रिया