नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताएका छन् ।
सोमवार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीसंग अध्यक्ष ढकालले भने सरकारले प्रस्तुत गरेकोे बजेटमा निजी क्षेत्रले दिएका सुझाव समेटिएको र सकरात्मक रहेको प्रतिक्रिया दिए ।
तर आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी रहेकोले तत्कालै प्रतिक्रिया दिन हतार हुने उनको भनाई छ ।
अध्यक्ष ढकालले भने ‘आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी छ । बजेट धेरैजसो भाषणमा मात्र राम्रो सुनिन्छन् कार्यन्वयनमा नभएको परम्परागत चलन छ । केहि निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ ।’
पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय राम्रो पक्ष रहेको उनले धारणा राखे ।































प्रतिक्रिया