स्यानिटरी प्याड वितरण गर्न १ अर्ब ४२ करोड बजेट

स्यानिटरी प्याड वितरण गर्न १ अर्ब ४२ करोड बजेट

केन्द्रबिन्दु
0
Shares

सरकारले विद्यालयस्तरका छात्राहरुका निम्ति वितरण हुँदै आएको ‘निशुल्क स्यानिटरी प्याड’कार्यक्रमलाई निरन्तरता दिएको छ। यसका लागि सरकारले एक अर्व ४२ करोड बजेट बिनियोजन गरेको छ। 

यस कार्यक्रमबाट मुलुकभरका १० लाख छात्रा लाभान्वित हुने सरकारको दाबी छ। त्यस्तै, सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई पनि सरकारले निरन्तरता दिएको छ। यसका लागि सरकारले ८ अर्ब ४५ करोड बजेट बिनियोजन गरेको छ।

दिवा खाजामा ‘जंक फुड’लाई भने प्रतिवन्ध लगाइएको छ। दिवा खाजामा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार पौष्टिक आहार उपलब्ध गराईने भनिएको छ। यसका कार्यक्रमबाट मुलुकभरका ३२ लाख विद्यार्थी लाभान्विते हुने सरकारको दाबी छ।
 
सरकारले विपन्न वर्ग, दलित, सीमान्तकृत समुदायका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रावृतिलाई पनि निरन्तरता दिएको छ। यसका लागि सरकारले ३ अर्व २ करोड रुपैयाँ बिनियोजन गरेको छ। यसबाट २६ लाख विद्यार्थी लाभान्वित हुने सरकारको अनुमान। त्योसँगै मुसहर, डोम र चमार विद्यार्थीहरुलाई चिकित्सातर्फको उच्च शिक्षामा प्रदान गरिँदै आएको छात्रावृतिलाई पनि निरन्तरता दिइएको छ।
 
शैक्षिक सत्र शुरु हुन अघि नै विद्यार्थीको हातमा निशुल्क पुस्तक पु-याउन ३ अर्ब ५८ करोड बजेट बिनियोजन भएको छ। यसक्रममा विद्यार्थीलाई विद्युतीय कपि पनि उपलब्ध गराइनेछ। 

त्यस्तै,औपचारिक शिक्षा प्रणालीमा आवद्ध नभएका गुरुकुल, मदरसा र गुम्वा लगायतका परम्परागत शिक्षालाई औपचारिक शिक्षा प्रणाली जोड्ने सरकारले तयारी गरेको छ। त्यस बाहेक संकेतिक भाषा र ब्रेल लिपिको पठ्यापुस्तक पनि निःशुल्क उपलब्ध गराइनेछ।

दरवन्दी नभएका माध्यामिक तथा आधारभूत विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षकको व्यवस्था गर्न ३ अर्ब ६९ करोड बिनियोजन गरेको छ।  

Skip This
Skip This
Logo