जनकपुरधाममा गङ्गा दशहरा मनाइँदै

जनकपुरधाममा गङ्गा दशहरा मनाइँदै

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाममा गङ्गा दशहरा (गङ्गा दशैँ) धुमधामका साथ मनाइँदैछ। गङ्गा दशैँको अवसरमा जनकपुरधामको दशरथ तलाउमा तिर्थालु भक्तजनहरुले घुइँचो निकै नै लागेको छ।  प्रत्येक वर्ष जेठशुक्ल दशमी अर्थात् गङ्गा दशहरा मनाउने परम्परा रहेको छ।आजकै दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको धार्मिक मान्यता छ। 

जनकपुरधामस्थित गंगा सागर, धनुष सागर, अरज्जा पोखरी र खास गरी दशरत तलाउमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुभक्तजनको घुँइचो लागेको छ। आज जसाश्यमा स्नान गर्नाले पुण्य प्राप्ति हुने मान्यता हिन्दू धर्ममा रहेको छ।  

भगीरथले अनेकौँ प्रयास गरी आजकै दिन गङ्गालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ। गङ्गा दशहराको दिन गङ्गा स्नान गर्नाले भगवान् विष्णुको विशेष कृपा प्राप्त हुन्छ र पितृहरू खुसी हुन्छन् भन्ने मान्यता रहिआएको छ।

आजको दिन दान तथा उपवास गरे। १० प्रकारका पाप नाश हुने मान्यता रहेको छ। हिन्दुधर्मावल्मिबहरुले आजबाट १० दिनसम्म जलाश्यमा स्नान गर्छन। १० दिनसम्म स्नान गर्न नसक्नेले दशमीका दिन मात्र स्नान गर्ने परम्परा रहेकाे  छ । 

Skip This
Skip This
Logo