नेकपा एमालेका युवा नेता किरण पौडेलले पछिल्लो समय देशमा भ्रष्टाचार बढेको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा गणतन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेता पौडेलले अहिलेका नेताहरुले देशको हित विरुद्ध काम गरेको आरोप लगाएका हुन् । ‘अहिलेका नेताहरुले देशलाई खत्तम पारे । देशको हित विपरित विभिन्न सन्धिहरु भईरहँदा यो देशका राजा महाराजाहरु के हेरेर बसेका थिए । लिपुलेक लिम्पियाधुरा कलापानी लगायतका हाम्रा भुभागहरु दशकौं देखि हाम्रो नक्साबाट गाएव भएका थिए, के हेर्दै थिए त्यति वेला । यो कुराको लेखाजोखा कसैले गरेको छ ? उनको प्रश्न छ ।
अहिलेका नेताहरु केवल धमिलो पानीमा माछा मार्ने उदेश्यका साथ मुलुकलाई अन्धकारमा धकेल्ने खेलमा लागेको नेता पौडेलले आरोप लगाए । पहिलेको तुलनामा भ्रष्टाचार निकै नै मौलाएको उनको जिकिर छ ।





























प्रतिक्रिया