सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदैछन्।दोस्रो लेगको दशौँ चरण अन्तर्गत बुधबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।
एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। यस्तै च्यासलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।





























प्रतिक्रिया