काठमाडौं ।
कोरोना भाइरसका कारण नेपाल भित्रिने रेमिट्यान्समा ठुलो प्रभाव पर्ने अनुमान गरिए पनि खासै ठुलो प्रभाव नपरेको देखिएको छ ।
गत आर्थिक वर्षको एघार महिना (जेठ सम्म) रेमिट्यान्स ३.० प्रतिशतले कमी आएको छ । यस अवधीसम्म कुल ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैँयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जेठ महनिामा मात्रै ९४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षको रेमिट्यान्स पनि खासै ठूलो रकमले नघट्ने देखिएको छ ।
कोरोनाका कारण खाडी लगायतका विभिन्न मुलुकमा गएका कामदारहरुमा रोजगारी गुमेपछि ठूलो मात्रामा रेमिट्यान्स प्रभावित हुने अनुमान गरिएको थियो । सोही कारण चैत र बैशाखमा उल्लेख्य मात्रामा रेमिट्यान्स घटेको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । त्यस्तै, जेठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।































प्रतिक्रिया