भारत भ्रमणमा निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटघाट

भारत भ्रमणमा निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटघाट

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा निस्कनु केही घन्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता  जारी छ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधबार विहानै बालुवाटार पुगेका हुन्। उनीहरु हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौँ आइपुगेका हुन्। 

भारत भ्रमणमा निस्कनु अघि  केही घन्टा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपुर्ण रुपमा लिइएको छ। तर,भेटघाटमा के भयो? त्यो भने अझै बाहिर आएको छैन। 

गत चैत १४-१७ सम्म चीनको राजधानी बेइजिङमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्विकार गर्र्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदैछन्। 

Logo