चुरे तथा वन जंगल संरक्षण अभियानले पर्सा जिल्लाको सिर्सिया नदीलाई प्रदूषण र अपहरण मुक्त गराउनका लागि धर्ना दिएका छन् ।
सिर्सिया नदीमा भई आएको अतिक्रमण तथा प्रदुषणले सो वरिपरिका जनता आक्रान्त बनेको र जैविक तथा वनस्पति लगायत अन्य प्रजातिमा गम्भीर असर पारेको भन्दै अभियानले सरकार लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउन माइतीघर मण्डलामा धर्ना दिदैं प्रदर्शन गरेको हो ।
उनीहरु सिर्सिया नदीको बारेमा सबैको ध्यानाकर्षण गराउन पर्साबाट ११ दिने पैदल यात्रा पूरा गरेर काठमाडौं आइपुगेका हुन् ।
चुरे तथा वन जंगल संरक्षण अभियानका अभियन्ता संघर्ष नेपालीका अनुसार आफ्नो मागहरु छिटो भन्दा छिटो सम्बोधन नभए अनिश्चितकालीन धर्नामा बस्न बाध्य हुने बताए । ‘उद्योगहरु स्थापना गर्दैगर्दा वातावरण अनुकुलन हुने गरी प्रभाव न्यूनीकरणका उपाय सहित स्वीकृति प्राप्त गरेको कारण सो आधारमा ती उद्योग फिल्टर जडान गर्ने लगायत अन्य व्यवस्था मिलाएको हुनुपर्छ । खर्च कम होस् भनेर ठगी गर्ने कतिपय उद्योगलाई कारवाही गर्न सरकारले अकर्मण्यता देखाउँदा नै प्रदूषणको मात्रामा बढेर गएको छ ।हाम्रा मागहरुलाई गम्भीरताका साथ अपनत्व ग्रहण हुनेगरी नेपाल सरकार सम्बोधन गरे सबैको हित हुनेछ सम्बोधन नभए अनिश्चितकालीन धर्नामा बस्न बाध्य हुने छौं ।’
.jpg)
उनले वर्षौदेखि हुलास आल्मुनियमले कास्टिक सोडा, सल्फ्युरिक एसिड, नाइट्रिक एसिड, अमोनिया, केमडाइट जस्ता हानीकारक रसायनहरु सोझै खोलामा मिसाउँदै नदीमा प्रदूषण बढाउने काम भइरहेको बताए । बाँकी अन्य उद्योगहरु समेत केमिकलयुक्त पानी खोलामा मिसाउँदै आएका छन् जसको कारण पानी दूर्गन्धित बनेर रोगहरु फैलिनेक्रम तीब्र भएको र जलचर, मानिस अनेकन समस्या भोग्दै आएको नेपालीको भनाइ छ ।































प्रतिक्रिया