राष्ट्रपतिको निर्णयविरुद्ध दुई वरिष्ठ अधिवक्ता पुगे सर्वोच्च

राष्ट्रपतिको निर्णयविरुद्ध दुई वरिष्ठ अधिवक्ता पुगे सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषय कानुनविपरीत भएको भन्दै दुई जना वरिष्ठ अधिवक्ता सर्वोच्च अदालतमा पुगेका छन् । 

नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीतको कदम भन्दै त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने रिट लिएर पुगेका हुन् ।

मन्त्रिपरिषद्ले त्यसरी सिफारिस गर्ने आधार नभएको र पुरानो राष्ट्रपतिले रोकेको विधेयक नयाँ राष्ट्रपतिले जारी गर्न नमिल्ने तर्क गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् ।
 

Logo