भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भएको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने बताए । उनले भने, ‘यही भावनाले सबै मुद्दा,चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं।’
भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्याको समाधान कसरी र कहिले हुने भन्ने बारेमा भने केही बताएनन् ।
नेपाल र भारतका बीचमा लिपुलेक, कालापानी, सुस्ता लगायतका स्थानमा सीमा विवाद हुँदै आएको छ। यी विवादमा नेपालले कुरा उठाउँदै आएको छ भने भारतले बेवास्था गर्दै आएको छ।





























प्रतिक्रिया